रोनाल्डो, मेस्सी र लेवान्डोस्की फिफाको वर्ष खेलाडीमा मनोनित

रोनाल्डो, मेस्सी र लेवान्डोस्की फिफाको वर्ष खेलाडीमा मनोनित

२७ मंसिर,एजेन्सी ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीमा मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीलाई पुरुष खेलाडीको अन्तिम मनोनयनमा समावेश गरेको हो । यी तीन खेलाडीलाई सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरिएको फिफाले जनाएको छ।

लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोत्कृष्ट सफल क्लब बनाउन भूमिका खेलेका थिए भने रोनाल्डोले गएको सिजन इटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए । लियोनल मेस्सीले पनि युरोपेली फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.