यति एयरलाइन्सद्वारा सिमराबाट माउन्टेन फ्लाइट सुरु

यति एयरलाइन्सद्वारा सिमराबाट माउन्टेन फ्लाइट सुरु

२७ मंसिर, बारा ।

यति एयरलाइन्सले आजबाट सिमरादेखि पनि माउन्टेन फ्लाइट सुरु गरेको छ ।

हप्तामा एकदिन शनिबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र माउन्टेन फ्लाइट सञ्चालन गर्दै आएको यतिले आज शनिबारदेखि सिमराबाट पनि सुरु गरेको हो ।

सिमरा विमानस्थलबाट सुरु भएको उडान स्थानीय टुर अपरेटरहरुको अग्रसरतामा सुरु भएको जनाईएको छ । यात्रुको आकर्षण देखिएमा निरन्तरता पाउने यतिका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

माउन्टेन फ्लाइटको रुट भने काठमाडौंबाट उडेको जस्तै रहेको जनाईएको छ । यद्यपी सिमराबाट आउने उडानबाट अझै सुन्दर दृष्य देखिने बर्तौलाको दाबी रहेको छ ।

२४ जना उद्योगी, पर्यटन व्यवसायी लगायतको समुहले सिमराबाट आज बिहान ९ बजे माउन्टेन फलाईट चार्टर गरेर हिमालय श्रृङख्लाहरुको अवलोकन गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.