राष्ट्र बैङ्कले आज ६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैङ्कले आज ६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दै

२९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । कुल चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यो बिल आउँदो चैत ३ गते परिपक्व हुनेछ । यस्तै दुई अर्बको ट्रेजरी बिल भने ३ सय ६४ दिनको रहेको छ । यो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुनेछ ।

बैङ्कले यसअघि मङ्सिर २२ गते पनि १७ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.