वेस्ट इण्डिजसँगको टेस्ट शृङ्खलामा न्युजिल्याण्डको जित

वेस्ट इण्डिजसँगको टेस्ट शृङ्खलामा न्युजिल्याण्डको जित

२९ मंसिर, एजेन्सी । वेस्ट इण्डिजसँगको दुई खेलको टेस्ट शृङ्खला न्युजिल्याण्डले जितेको छ ।

विलिङ्गटनमा आज दोस्रो टेस्टमा एक इनिङ्ग र १२ रनको जित निकाल्दै न्युजिल्याण्डले श्रृङ्खला २-० ले जितेको हो । दोस्रो इनिङ्समा वेस्ट इण्डिज ३ सय १७ रनमा अलआउट भएपछि न्युजिल्याण्डले एक इनिङ्समै जित निकालेको हो।

फलो अनमा परेको वेस्ट इण्डिजका लागि दोस्रो इनिङ्समा जोन क्याम्पबेलले ६८ रन बनाए । यस्तै कप्तान जासन होल्डरले ६१ र जोसुवा डा सिल्भाले ५७ रन जोडे । न्युजिल्याण्डका ट्रेन्ट बोल्ट र निल वाग्नेरले ३र३ विकेट लिए ।

टिम साउथी र केली जेमिसनले २र२ विकेट लिए । यसअघि पहिलो इनिङ्समा १ सय ३१ रन जोडेपछि न्युजिल्याण्डले वेस्ट इण्डिजलाई ब्याटिङमा पठाएको थियो । घरेलु टोली न्युजिल्याण्डले पहिलो इनिङ्समा ४ सय ६० रन बनाएको थियो । न्युजिल्याण्डका हेनरी निकोलसले १ सय ७४ रनको शतकीय पारी खेले ।

पहिलो टेस्टमा न्युजिल्याण्डले एक इनिङ्स र १ सय ३४ रनको जित निकालेको थियो । यी दुई देशबीच भएको टी ट्वान्टी शृङ्खला पनि न्युजिल्याण्डले नै जितेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.