कैलालीको सदरमुकाम धनगढीमा पनि कांग्रेसको बृहत प्रदर्शन

कैलालीको सदरमुकाम धनगढीमा पनि कांग्रेसको बृहत प्रदर्शन

२९ मंसिर, धनगढी । सरकारको बिरोधमा देशव्यापी प्रदर्शन गरिरहेको नेपाली काँग्रेसले कैलालीको सदरमुकाम धनगढीमा पनि बृहत प्रदर्शन गरेको छ ।

निर्धारित समयभन्दा झण्डै डेढ घण्टा ढिलो धनगढी ट्राफिक चौकबाट दिउँसो एक बजे निस्किएको जुलुस यति पार्कमोडमा पुगेको छ।

जुलुस पार्कमोडमा पुगेर बिरोध सभामा परिणत भएको छ । सभालाई नेपाली काँग्रेसका युवा नेता पूर्व मन्त्री गगन थापाले सम्बोधन गर्ने छन् ।

बिरोध सभामा कैलालीका पाँच वटै निर्बाचन क्षेत्रबाट काँग्रेसका कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
यसैगरी अछामको साँफेमा आयोजित बिरोध सभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी साउँदले सम्बोधन गर्दैछन् ।

कञ्चनपुरको महेन्द्रनगरमा आयोजित बिरोध सभालाई नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले सम्बोधन गर्दैछन् ।
नेपाली काँग्रेसले सुदूर पश्चिमका नौ वटै जिल्लाका सदरमुकामहरुमा यतिबेला बिरोध सभा गरिरहेको छ । बिरोध सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.