नेकपा पार्टी नभएर एउटा लोभीपापीहरुको मञ्‍च मात्रै होः गगन थापा

नेकपा पार्टी नभएर एउटा लोभीपापीहरुको मञ्‍च मात्रै होः गगन थापा

२९ मंसिर, काठमाडौँ । कांग्रेस नेता गगन थापाले नेकपा पार्टी नै नभएको बताएका छन् । सरकारविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा कैलालीको धनगढीमा आयोजित खबरदारी सभामा पूर्वमन्त्रीसमेत रहेका थापाले लोभीपापीहरुको मञ्‍च भएको बताएका हुन् ।

’नेपाल कम्युनिष्ट पार्टी पार्टी नै होइन, यो एउटा लोभीपापीहरुको मञ्‍च मात्रै हो,’ थापाले भने । ’कुनै बेला हात पनि मिलाउन नमान्नेहरु पुष्पकमल दाहाल र केपी शर्मा ओलीले एउटा व्यवसायीको घरमा बसेर हात मात्रै होइन मनमुटु पनि मिल्यो भनेर गीत गाए,’ थापाले भने ।

नेता थापाले पुष्पकमल दाहाल चुनाव हार्ने डर र केपी शर्मा ओलीलाई सिंहदरबारमा बस्ने लोभले एकैठाउँ ल्याएको पनि बताए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर ¥याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट ¥याली निकालिएको छ । (कान्तिपुर दैनिक)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.