सरकारले बाध्य बनाएकोले सडक बन्द गरेर प्रदर्शन गर्नुपरेकोमा माफी चाहन्छुः देउवा

सरकारले बाध्य बनाएकोले सडक बन्द गरेर प्रदर्शन गर्नुपरेकोमा माफी चाहन्छुः देउवा

२९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका विभिन्न ठाउँमा आज प्रदर्शनका क्रममा सडक केहीबेर बन्द भएकोमा माफी मागेका छन्।

रहरले नभई बाध्यताले गर्दा सडक जाम गरेर प्रदर्शनमा उत्रिनु परेको देउवाको भनाइ छ।

देउवा मकवानपुरमा भएको कार्यक्रममा सहभागी छन्। उनले प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै भने, ‘सडकमा प्रदर्शन गर्न यो सरकारले बाध्य बनाएको हो। रहरले होइन हामी सडकमा आएको। सडक जाम भएकोमा माफी चाहन्छु।’

उनले नेकपा सरकारबाट जनता आजित भइसकेको बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.