दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(कांग्रेसको हुंकार)
सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै नेपाली कांग्रेसद्वारा आज देशभर सरकार विरुद्ध विरोध प्रदर्शन/कांग्रेसका शिर्ष नेताहरुद्वारा देशका विभिन्न जिल्लामा आयोजित विरोधसभामा सम्बोधन ।

२.(देउवाको दृष्टि)
कम्युनिस्ट सरकारका कारण देशमा राजावादीहरु सक्रिय भएको कांग्रेस सभापति शेरबहादुर देउवाको आरोप/जनतालाई बोल्ने, लेख्ने, विरोध गर्ने अधिकार समेत खोस्न कम्युनिष्ट सरकार लागेको आरोप ।

३.(हिन्दू राष्ट्रको लोभ)
केपी शर्मा ओलीको ‘सर्वसत्तावाद’विरूद्ध कांग्रेस सडकमा आएको कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको भनाई / आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याए नेपाललाई हिन्दू राष्ट्र बनाउने उद्घोष ।

४.(को लोभी को पापी ?)
भ्रष्टाचारमा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरेको कांग्रेसका नेता गगन थापाको आरोप / ओली र प्रचण्डबीच लोभ र डरमा रातारात एकता भएको नेकपा लोभी पापीहरुको मञ्च मात्र भएको दाबी ।

५.(किसान नमरुन !)
उखुको भुक्तानी माग्दै सोमबार पनि किसानहरुद्वारा काठमाडौंमा प्रदर्शन/सरकारले उखुको भुक्तानी दिलाउन नसकेपछि चिसो झेल्दै भुक्तानी माग्न काठमाडौं आएका किसानहरु यसपटक नगदमै सहमति गरेर मात्रै घर फर्किने ।

६.(कसले गर्याे राजनीति ?)
उखुको भुक्तानीको विषयमा उद्योग मन्त्रालयले गृह मन्त्रालयको नेतृत्वमा मंगलबार मन्त्रालयस्तरीय छलफल गर्ने/दुई ,तीन वटा मिलबाहेक सबैले भुक्तानी गरेको तथ्यांक आएकाले किसानले राजनीति गर्न खोजिएको मन्त्री भट्टको आरोप ।

७.(कसरी घटे संक्रमित ?)
नेपालमा कोरोनाका नयाँ संक्रमित क्रमश घट्दै/आज ८ सय २१ संक्रमित थपिदा ८ सय ४२ जना डिस्चार्ज /हालसम्म कोरेनाबाट ज्यान गुमाउनेको संख्या १७ सय १६ पुग्यो /सक्रिय संक्रमित १० हजार ९५५ जना ।

८.(सुरक्षाका कुरा)
सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्दे सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्न सरकार सकारात्मक रहेको गृहमन्त्री रामबहादुर थापाको भनाई/ सीमामा ५सय बिओपी पु¥याउने लक्ष्य अनुरुपमा यस वर्षमा मात्र २२१ बिओपी स्थापना गरिने ।

९.(सेनाको नजर)
नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक बाटोतर्फ अग्रसर भएको नेपाली सेनाको निष्कर्ष /समूहले हिंसा र आतंक र्सिजनालाई बढाउन खोजेको देखिएकाले त्यस्ता गतिविधिलाई निस्तेज पार्न सुक्ष्म निगरानी थाल्न प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशन ।

१०.(आउँछ त मल ?)
नेपाल सरकारले जिटुजी मार्फत बंगलादेशबाट १५ दिन भित्र ५० हजार मेट्रिक टन मल ल्याउने /सम्झौताको लागि भोलि मंगलबार नै कृषि सामाग्री कम्पनीका प्रतिनिधि बंगलादेश जाने ।

११.(बढ्यो धान)
प्रदेश एकमा यसवर्ष अहिलेसम्मकै धेरै धान उत्पादन / अनुकुल मौसमका कारण समयमै रोपाइँ हुनु तथा उत्पादन क्षेत्रफल पनि बढेका कारण गत वर्षको भन्दा एक लाख १२ हजार बढी मेट्रिक टन धान उत्पादन ।

१२.(माफ गर भगवान)
नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मंगलबार बिहान क्षमा पूजा हुने /स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि मन्दिर खुल्ने /मन्दिर प्रवेश गर्न र बाहिर निस्कन पश्चिम ढोका मात्र खोलिने ।

१३.(विकास कि विनास ?)
पोखरा विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मुल्याङ्कन सुरु/६ सय वटा रुख कटान गर्नुपर्ने भएपछि १ रुख बराबर २५ रुख हुर्काएपछि मात्रै डाँडा कटान सुरु गर्न स्वीकृति दिइने ।

१४.(पलायो बुद्धि )
नेपाल एयरलाइन्सले हङकङ उडानमा थप कडाइ गर्ने /नेपालबाट गएका यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि चौथो प्रतिबन्ध भोगेको एयरलाइन्सले हङकङ यात्राका लागि अब ४८ घण्टाभित्रको पीसीआर रिर्पोट नेगेटिभ चाहिने ।

१५.(कोरोनाको कुरा)
विश्वमा हालसम्म कोरोनाबाट १६ लाख २० हजार बढीको मृत्यु /७ करोड २७ लाख बढीमा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या ५ करोड ९ लाख बढी पुग्यो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.