लिभरपुलका पूर्व फ्रान्सेली व्यवस्थापक जेरार्ड हुलियरको निधन

लिभरपुलका पूर्व फ्रान्सेली व्यवस्थापक जेरार्ड हुलियरको निधन

एजेन्सी । लिभरपुलका पूर्व फ्रान्सेली व्यवस्थापक जेरार्ड हुलियरको सोमबार निधन भएको छ ।

७३ वर्षका हुलियर पछिल्लो समय अस्वस्थ थिए । केही दिन अगाडि मात्र उनको मुटुको शल्यक्रिया गरिएको थियो । हुलियर फ्रान्सेली राष्ट्रिय टिमका प्रशिक्षक समेत रहे । यस्तै उनले पेरिस सेन्ट जर्मेन र लियोन पनि सम्हाले । सन् १९९८ मा लिभरपुल आएका हुलियर क्लब समर्थक माझ निकै लोकप्रिय छन् । विश्व फुटबलमा फ्रान्सको पुनर्उदयका लागि उनीलाई श्रेय दिइन्छ । उनले फ्रान्सेली फुटबल एकेडेमी स्थापनामा मुख्य निर्वाह गरेका थिए । त्यसकै उत्पादनले गरिएको टिमले सन् १९९८ मा विश्वकप र सन् २००० मा युरोपेली च्याम्पियनसिप जितेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.