बैंकिङ कसुरमा दोषी व्यक्ति जेल चलान

बैंकिङ कसुरमा दोषी व्यक्ति जेल चलान

२९ मंसिर, काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक व्यक्ति जेल चलान भएका छन् ।

चेक अनादर मुद्दा (बैंकिङ कसुर) मा दोषी ठहर भई फरार रहेका काठमाडौँ महानगरपालिका–११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दार आज जेल चलान भएका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको कलङ्कीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतले आजै कारागार चलान गर्न आदेश जारी गरेको हो । उनले आफ्नो खातामा पर्याप्त निक्षेप छैन भन्ने जानीजानी काठमाडौँका नानीबाबु खरेललाई एक करोड ६३ लाखको चेक काटेर दिई फरार रहेका ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । अदालतमा दायर भएको सो मुद्दामा चेक अनादर कसूर गरेको ठहर गरी काठमाडौँ जिल्ला अदालतले एक महिना कैद र तीन हजार जरिवानाको सजाय सुनाएको थियो । उनीबाट एक करोड ६३ लाख बिगो भराउने फैसलासमेत भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.