संवैधानिक परिषद् बैठकः सभामुख अनुपस्थित हुँदा गणपुरक संख्या पुगेन

संवैधानिक परिषद् बैठकः सभामुख अनुपस्थित हुँदा गणपुरक संख्या पुगेन

३० मंसिर, काठमाडौं ।
प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएका छन् ।

परिषदका अध्यक्ष ओलीले मंगलबार बिहानका लागि बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या नपुग्दा बैठकले औपचारिकता पाउन सकेन ।

प्रधानमन्त्रीले पर्याप्त तयारी र छलफलबिना बैठक बोलाएकाले सभामुख सापकोटा अनुपस्थित भएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था छ ।

अध्यक्ष र चारजना सदस्य उपस्थित भए मात्रै गणपुरक संख्या पुग्छ । उपसभामुख नरहेको र सभामुख नगएपछि गणपुरक संख्या पुग्न नसकेको हो । ओलीले संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिबारे छलफल गर्न भन्दै बैठक बोलाएका थिए ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुनेपछि स्थगित भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत संवैधानिक निकायमा विभिन्न पद खाली छन् । बैठकमा ती पदमा नियुक्ति हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.