गौतमबुद्ध कप टी–२० क्रिकेटको उपाधि टिम राप्तीलाई

गौतमबुद्ध कप टी–२० क्रिकेटको उपाधि टिम राप्तीलाई

३० मंसिर, काठमाडौं । गौतमबुद्ध कप टी–२० क्रिकेट उपाधि टिम राप्तीले जितेको छ । नारायणीलाई नौ रनले हराउँदै राप्तीले उपाधि जितेको हो ।

राप्तीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको नारायणी नौ विकेट गुमाएर एक सय ३४ रनमै सीमित भयो । नारायणीका लागि आरिफ शेखले सबैभन्दा धेरै ४८ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

यसअघि निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना मैदानमा पहिले ब्याटिङ गरेको राप्तीले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । उसका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए ।

दुवै टिम वाग्मतीलाई हराएर फाइनलमा पुगेका हुन् । कोरोनाका कारण प्रभावित खेलकुदलाई चलायमान बनाउन वाग्मती प्रदेश क्रिकेट सङ्घले प्रतियोगिताको आयोजना गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.