एथ्लेटिको बिल्बाओलाई हराउँदै रियल म्याड्रिड लिगको शीर्ष स्थानमा

एथ्लेटिको बिल्बाओलाई हराउँदै रियल म्याड्रिड लिगको शीर्ष स्थानमा

१ पुष, एजेन्सी । रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले हराउँदै शीर्ष क्लबमा उक्लिएको हो ।

करिम बेन्जिमाले लगातार दुई गोल गर्दै रियललाई शीर्ष क्लबमा उकाल्न सफल भए । लुका मोड्रिचको पासलाई सदुपयोग गर्दै बेन्जिमाले रियललाई ३–१ को जित दिलाएका हुन् । जितसँगै रियलले शीर्ष क्लब रियल सोसिडाड र एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ ।

शीर्ष स्थानमा रहेका तीनै क्लबको समान २६ अंक छ । गोल अन्तरले मात्र रियल तेस्रो स्थानमा देखिएको छ । बिल्बाओ क्लब १४ अंकसहित तालिकाको १३ औंं स्थानमा छ । रियलले पछिल्ला चार खेलमा जित निकालेको छ । रियलले तालिकामा बार्सिलोनासँग ९ अंकको अग्रता लिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.