मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ

मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ

१ पौष, सुनसरी । सुनसरीको इटहरी-६ बाट हराएको प्रदेश १-०५-००१प०२०७ नम्बरको मोटरसाईकल चोरीमा संग्लग्न रहेका २ जना चोरी भएको मोटरसाईकल सहित पक्राउ परेका छन् ।

गत २८ गते ईटहरी-६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको उक्त नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले मंगलवार राती ८ बजे ईटहरी-९ मा नम्बर प्लेट परिवर्तन गरेर कुदाईरहेको अवस्थामा मोटरसाईकल सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा झापाको डाँगिवारीका १९ बर्षीय करण भनिने नगेन्द्र चौधरी र गौरादहका २१ बर्षीय बिजय चौधरी रहेका छन् । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.