विराटनगरबाट ग्याँस सिलिन्डरको कालोबजारी गर्ने एक जना पक्राउ

विराटनगरबाट ग्याँस सिलिन्डरको कालोबजारी गर्ने एक जना पक्राउ

१ पौष, मोरङ । खाना पकाउने ग्याँसको कालोबजारी गर्ने १ जना मोरङको बिराटनगर महानगरपालिका-१४ मलाहा रोडबाट मंगलवार दिउँसो पक्राउ परेका छन् ।

उक्त स्थानमा मनिष यादवले संचालन गरेको फोटोकपी तथा ग्याँस पसलबाट यादवले एउटा ग्यास सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्यासको तौल कम गरी बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।

यादवको पसलबाट प्रहरीले ठुलो ग्यास सिलिन्डर ११ थान, सानो ग्यास सिलिन्डर २ थान, तौल मेसिन १ थान, रेगुलेटर २ थान र एयरलिंक गर्ने पाईप १ थानसमेत बरामद गरेको छ । यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.