भन्सार छलेर भारतबाट ल्याइएको २१ हजार किलो प्याज बरामद

भन्सार छलेर भारतबाट ल्याइएको २१ हजार किलो प्याज बरामद

१ पौष, वीरगञ्ज । भन्सार छलेर भारतबाट ल्याइएको २१ हजार किलो प्याज प्रहरीले बरामद गरेको छ।

पर्सा वीरगन्ज महानगरपालिका-६ मिनाबजारस्थित तरकारी पसलपछाडिबाट प्रहरीले प्याज बरामद गरेको हो।

पर्सा प्रहरीका अनुसार प्याजको मूल्य १३ लाख २५ हजार १७० रुपैयाँ छ। उक्त प्याज त्यहाँबाट व्यापारी बलिरामजी प्रसाद कलवारले ल्याएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीको विशेष टोलीले भण्डारण गरिराखिएको प्याज बरामद गरेको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। बरामद प्याज आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको उनले बताइन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.