१ पुष, काठमाडौं । नेपाली काँग्रेसको वैठक सकिएको छ ।
वैठकले तत्काल संसद बैठक बोलाउन माग गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताका साथै संसदीय फाटका नेताहरु सम्मिलित बैठकले यही अवस्थामा संवैधानिक परिषद् बैठकले गरेको निर्णय नमान्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा मंसिर २९ गते देशभर भएको सरकारविरुद्धको प्रदर्शनको समीक्षा भएको प्रवत्ता शर्माले बताएका छन् ।