अध्यादेश फिर्ता गर्न निर्देशन दिँदै नेकपा स्थायी कमिटी वैठक सकियो

अध्यादेश फिर्ता गर्न निर्देशन दिँदै नेकपा स्थायी कमिटी वैठक सकियो

१ पुष, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले सरकारले राष्ट्रपतिलाई सिफारिसपछि जारी भएको अध्यादेश फिर्ता लिने सर्वसम्मतीले निर्णय गर्दै सरकारलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकले कुनै पनि निर्णय नगरेको जानकारी गराएका थिए । उनी संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएको जानकारी बैठकमा गराएका थिए । पुस ५ गते बोलाइएको केन्द्रीय कमिटी बैठक १० गतेसम्मका लागि स्थगित गर्ने निर्णय पनि स्थायी कमिटीले गरेको छ । स्थायी कमिटीको अर्काे बैठक पुस ५ गते बस्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.