अध्यादेश ल्याउनुको बाध्यता संचार मन्त्रीले यसरी सुनाए

अध्यादेश ल्याउनुको बाध्यता संचार मन्त्रीले यसरी सुनाए

१ पुष, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारलाई अनिर्णयको बन्दी बनाई असफल बनाउने षडयन्त्र भएपछि अध्यादेश ल्याउनु परेको बताएका छन । बुधबार पत्रकार महासंघमा आयोजित कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले संवैधानिक परिषद्को बैठक बस्ने सम्बन्धमा सत्तारुढ दल भित्रैबाट अवरोध भएपछि विधेयक ल्याइएको बताए । लामो समयदेखि संवैधानिक परिषद्को बैठक कोरम नपुग्दा बस्न नसकेकोले अध्यादेश जारी गरेर भएपनि निकाश दिन खोजिएको बताए । मन्त्री गुरुङले संसदलाई छलेर अध्यादेश नल्याएको पनि बताए । संसदको मर्यादा र संविधानको संरक्षण गर्दै राजनीतिक घेरा तोडेर निकास दिनका लागि अध्यादेश जारी गरेको पनि स्पष्ट पारे । उनले भने ‘सरकारलाई अव अनिर्णयको बन्दी बनाएर अयोग्य सावित गर्नका निम्ति कुनैपनि प्रकारको सडयन्त्रलाई, घेरालाई तोडन पर्छ र त्यसबाट यो राष्ट्रलाई फेरीपनि एउटा निकास दिनुपर्छ भन्ने सोचबाट हो । अध्यादेश संसदबाट छलेर आएको होइन । फेरीपनि हामीले संसदको मर्यादा गर्दै संविधानको संरक्षण गर्दै अहिलेको घेरा तोडदै सरकारले एउटा निकासको निम्ति हो । यो बाधा अडकाउ फुकाउ भने जस्तै हो ।’

मुलुकलाई अनिर्णयको बन्दी बनाउने र सरकारलाई निरंकुस भयो भन्ने गरिएकोले पनि समस्या उत्पन्न भएको मन्त्री गुरुङले बताए । सरकारले पटकपटक संवैधानिक नियुक्तिका लागि परिषद्को बैठक राख्न प्रयास गर्दा समेत नसकेपछि निकास दिन अध्यादेश जारी गर्नुपरेको पनि उनको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.