खोटाङको जंगलबाट विप्लव कार्यकर्ता पक्राउ

खोटाङको जंगलबाट विप्लव कार्यकर्ता पक्राउ

१ पुष, खोटाङ । खोटाङमा टेन्ट टाँगेर जङ्गलमा बसिरहेको अवस्थामा विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् ।

साकेला गाउँपालिका १ बाँझेच्यानडाँडाको सेखुवामा रहेको खलेबारी जङ्गलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सोलुखुम्बु सोताङ गाउँपालिका ४ घोंदरेका २२ वर्षीय केवी तामाङ बागध्वजलाई पक्राउ गरेको हो । उनलाई रातको समयमा भरुवा बन्दुक, राइफल तथा पेस्तोलका गोली, बारुद, छर्रालगायत बन्दोबस्तीका सामानसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद चिमरियाले बताएका छन् । जङ्गलमा सेल्टर बनाएको सूचनाका आधारमा छापा मार्दा मङ्गलबार एक नाल भरुवा बन्दुक, पेस्तोल तथा राइफलको ७३ राउण्ड गोली, भरुवा बन्दुकमा लाग्ने छरुवा तथा बारुद, विभिन्न कम्पनीका सिमसहितका मोबाइल, प्रयोगमा ल्याइसकिएको खुला सिम १७ थान, प्रयोगमा ल्याउन बाँकी अर्थात नखोलिएका सिम १२ थान, भिर्ने झोला चार थान, कम्मरमा बाँध्ने झोला दुई थान, दुई वटा ट्याङ्कलगायतका बन्दोबस्तीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि हात हतियार खर खजना तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको डीएसपी चिमरियाले बताउनुभयो । रातको समयमा टेन्ट हालेर सेल्टर लिने गरेको आधारमा छापा हानिएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.