२ पुस, विराटनगर ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले गणतन्त्रको धज्जी उडाएको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई मेन्सन गर्दै थापाले यस्तो आरोप लगाएका हुन्। आफूजस्ता राजसंस्थासहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी उडाउने काम तत्काल बन्न गर्नसमेत थापाको सुझाव थियो।
उनले भनेका छन्, अब अतिभो, गाईजात्रा बन्द गर्नुहोस्। ओली, प्रचण्ड। हामी जस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस्। त्यसैगरी अध्यक्ष थापाले दुई अध्यक्षको व्यक्तित्व खिया परेर धुलिसात भइसकेको दाबी गरेका छन्।
हिजो हिमालय पर्वतजस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो। कमसेकम लोकलज्जाको त ख्याल राख्नोस्, उनले थप लेखेका छन्।