कांग्रेस संसदीय दलको वैठक शुक्रबार बस्ने

कांग्रेस संसदीय दलको वैठक शुक्रबार बस्ने

२ पुष, काठमाडौं । शुक्रबार बिहान नेपाली कांग्रेस संसदीय दलको वैठक बस्ने भएको छ ।

बिहान १०ः३० बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाइएको ससंदीय दलको वैठकमा सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धि अध्यादेशका विषयमा छलफल हुने बुझिएको छ । बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले अध्यादेशका सम्बन्धमा संसदीय दलको छलफलबाट थप रणनीति बनाउने जनाएको थियो । बैठकमा संसद अधिवेशन बैठक बोलाउन सरकारलाई दबाब, सरकार कामको समीक्षा, अध्यादेशको विरोध, जनजीवकको सवालमा सरकारको उदासीनताका विषयमा छलफल हुने तयारी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.