आजका प्रमुख खबरहरुः
१.(खै के खै के)
अध्यादेश फिर्ता लिने सहमति गरेको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि नेकपामा हल्लीखल्ली /नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले बैठक बोलाइएकोमा आपत्ति जनाएपछि ओलीद्वारा बैठक स्थगित ।
२.(विश्वास नटुटोस्)
आगामी स्थायी कमिटी बैठकबाट नेकपा भित्रको विवाद समाधान हुने नेकपाका स्थायी कमिटी सदस्यहरुको विश्वास /पार्टीले पहिले गरेका सबै निर्णयको इमान्दारीतापूर्वक कार्यान्वयन र छिट्टै महाधिवेशनमार्फत पार्टी नेतृत्व चयन गर्नुपर्ने तर्क ।
३.(को होलान् दुई जिब्रे ?)
उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न भन्दै नेताहरुको फोन आउने गरेको उद्योगमन्त्री लेखराज भट्टको खुलासा/ अन्याय गर्ने उद्योगीलाई छाडन नमिल्ने भएपनि मन्त्रालयसँग ऐन नहुँदा कारबाही गर्न कठिन भएको उल्लेख ।
४.(कसले सुन्ला निर्देशन ?)
उखु किसानको भुक्तानी ७ दिन भित्र गराउने व्यवस्था गर्न उपभोक्ता हित समितिको सरकारलाई निर्देशन /देशभरका श्रमिकहरुले पारिश्रमिक पाए नपाएको अनुगमन र कारबाही गरी १५ दिन भित्रमा प्रतिवेदन पेश गर्न आग्रह ।
५.(आखिर कहिले सम्म ?)
उखुको बाँकी रहेको रकम भुक्तानीको माग गर्दै हलो र जुवासहित बिहीबार पनि किसानहरुको प्रर्दशन / भुक्तानीको विश्वसनीय पूर्ण सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने अडानमा ।
६.(हो त यस्तो ?)
उखु किसानको सबैभन्दा धेरै ३५ करोड भुक्तानी बाँकी रहेको श्रीराम सुगर मिलले किसानको खातामा रकम जम्मा गर्यो / चिनी उद्योगी संघको मध्यस्थतामा मिलहरुले शुक्रबारदेखि नै किसानको खातामा रकम पठाउन थाल्ने ।
७.(संक्रमित थपघट)
नेपालमा आज थपिए ७७६ नयाँ संक्रमित/९ सय ७४ संक्रमणमुक्त भई डिस्चार्ज भए /कारोनाबाट ज्यान गुमाउनेको संख्या १७ सय ४९ पुग्यो /हाल देशभर ९ हजार ५ सय ८० सक्रिय संक्रमित ।
८.(हौसियो राप्रपा)
सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै राप्रपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय /यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने राप्रपाको निर्णय ।
९.(जोर विजोर नरहने)
काठमाडौं उपत्यकामा लागू भएको जोर विजोर प्रणाली शुक्रबारबाट हट्ने /स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने /जोर विजोर प्रणाली हटेपछि सार्वजनिक सवारीमा देखिएको चाप कम हुने विश्वास ।
१०.(आन्दोलनकै भर)
समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित / वर्षौदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको वौद्धिक शोषण भएको भन्दै एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करार गर्नुपर्ने माग ।
११.(विमानका कुरा)
महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान आजदेखि पुनः सुरु /काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान मात्र भर्ने/ ७ यात्रु विना भिसा हङकङ पुगेपछि हङकङ अध्यागमनले नेपाल एयरलाइन्सलाई सोध्यो स्पष्टिकरण ।
१२.(पत्याउनै गाह्रो)
मानव विकास सूचकाङ्कमा नेपाल पाँच स्थान फड्को मार्दै १४२औंँ स्थानमा /यूएनडीपीको प्रतिवेदन अनुसार नेपालको मानव विकास सूचक ०.६०२ पुग्यो /योजना आयोग र यूएनडीपीको प्रतिवेदनले भने सूचक ०.५८७ मात्र देखायो ।
१३.(बन्छ त अयोध्या धाम)
चितवनको माडीमा अयोध्याधाम निर्माण गर्न गुरुयोजना सहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहित मन्दिरहरूको नक्सा समेत तयार/काम सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपैयाँदेखि तीन अर्ब रुपैयाँसम्म खर्च लाग्ने प्रक्षेपण ।
१४.(कतार पछि साउदी)
भोटिङका आधारमा साउदी अरेबियालाई पछि पार्दै कतारले पायो सन् २०३० को एसियन गेम्स आयोजनाको जिम्मा /२०३४ को एसियन गेम्सको जिम्मा भने साउदी अरेबियालाई ।
र,
१५.(विश्वको संक्रमण)
विश्वमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ लाख ५७ हजार बढी पुग्यो /७ करोड ४६ लाख बढीमा संक्रमण पुष्टि हुँदा ५ करोड २४ लाख बढी उपचारपछि निको भए ।