प्रधानमन्त्री पुगे लगत्तै बामदेव पनि खुमलटारमा

प्रधानमन्त्री पुगे लगत्तै बामदेव पनि खुमलटारमा

४ पुस, काठमाडौँ ।
केही बेर अघि प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्री पुगे लगत्तै नेकपा उपाध्यक्ष बामदेव गौतम पनि खुमलटार पुगेका छन्।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वार्ता गरिरहेका बेला उनी त्यहाँ पुगेका हुन् । पार्टी समिकरणमा महत्वपूर्ण मानिएका गौतम पौने ११ बजे खुमलटार पुगेको प्रचण्ड सचिवालयले जनाएको छ । ओली र प्रचण्डबीच ११ बजेदेखि वार्ता भइरहेको छ।

गौतमले पछिल्लो पटक प्रचण्डको पक्षमा दरिलोसँग उभिएको बताउँदै आएका थिए। शनिबार हुने ओली, प्रचण्ड र गौतमबीच हुने त्रीपक्षीय वार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ।

ओली पक्षका नेताहरुले शनिबार ओली र प्रचण्डबीच सघन वार्ता हुने र सहमति पनि हुन सक्ने दाबी गरेका छन्। तर प्रचण्ड पक्ष त्यसमा त्यति आशावादी छैनन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.