टेस्ट क्रिकेटमा भारतको लज्जास्पद प्रदर्शन, अहिलेसम्मकै कम रन

टेस्ट क्रिकेटमा भारतको लज्जास्पद प्रदर्शन, अहिलेसम्मकै कम रन

४ पुस, विराटनगर ।
एडिलेड टेस्टको तेस्रो दिन दोस्रो पारीमा भारत अहिलेसम्मकै कम रनमा समेटिएको छ ।

भारतीय टिम २१ ओभर २ बलमा ३६ रन बनाएर अलआउट भएको हो । भारतको ९ विकेट झरेको थियो भने मोहम्मद शमी चोटका कारण अन्तिम ब्याट्सम्यानका रुपमा रिटायर्ड हर्ट भएका थिए ।

अस्ट्रेलियासामु मात्र ९० रनको टार्गेट रहेको छ । भारतले टेस्ट क्रिकेटमा यसअघि सन् १९७४ मा इंग्ल्यान्डविरुद्ध ४२ रन बनाएको थियो । ४६ वर्षको अन्तरालमा भारतले टेस्ट क्रिकेटमा सबैभन्दा खराब प्रदर्शन गरेको हो ।

१९ रन बनाउँदा भारतले ६ विकेट गुमाइसकेको थियो । टेस्टको तेस्रो दिन भारतले एक विकेटको क्षतिमा ९ रन बनाएको अवस्थाबाट खेल सुरु गरेको थियो । तर उसले १० रन बनाएको अवस्थामै आफ्ना महत्वपूर्ण ५ विकेट गुमायो ।

एडिलेडमा भारतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियाका लागि जोस हेजलवुडले ५ तथा प्याट कमिन्सले ४ विकेट लिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.