संसद विघटन गर्ने ओलीको सिफारिसपछि प्रचण्ड बालुवाटारमा

संसद विघटन गर्ने ओलीको सिफारिसपछि प्रचण्ड बालुवाटारमा

५ पुस, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

केहीबेरअघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेका हुन् । यसैबीच, आज बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक पनि अन्योलमा परेको छ ।

घटनाक्रमले अर्कै मोड लिएकाले आजका लागि तय भएको केन्द्रीय कमिटी बैठक अन्योलमा परेको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न सहमत भए पनि अहिलेसम्म अध्यादेश फिर्ता हुन सकिरहेको छैन । अध्यादेश फिर्ताका लागि अहिलेसम्म औपचारिक जानकारी प्राप्त नभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.