संसद विघटनको सिफारिसः काँग्रेसले संवैधानिक प्रतिवाद गर्ने

संसद विघटनको सिफारिसः काँग्रेसले संवैधानिक प्रतिवाद गर्ने

५ पुस, काठमाडौं ।
मन्त्रिपरिषदले संसद विघटनको सिफारिस गरेपछि काँग्रेसले त्यसको प्रतिवाद गर्ने भएको छ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसबारे संवैधानिक प्रतिवाद गर्ने जनाएको छ। सरकारी कदमबारे छोटो प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले यसको कडा प्रतिवाद गर्ने जनाएका हुन्। उनले भने, हामी संवैधानिक रुपमा पनि प्रतिवाद गर्छौं र अधिनायक आकंक्षाको अन्तिम प्रयत्नलाई असफल पार्छौं।

नेकपा विवाद बढिरहँदा प्रधानमन्त्री ओलीले केही दिन अघिमात्र अध्यादेश ल्याएपछि त्यसको विरोध गर्दै संसद अधिवेशन तत्काल बोलाउन काँग्रेसले माग गरेको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.