५ पुस, काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम लोकतन्त्रको हितविपरीत भएको बताएका छन् ।
संसद् विघटन गर्ने प्रस्ताव गैरजिम्मेवारीपूर्ण हर्कत भएको भन्दै उनले यसको सबै ढंगबाट प्रतिवाद गर्नुपर्नेमा जोड दिए । उनले नयाँ संविधानमा देशमा राजनीतिक स्थिरता कायम गर्न प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष किटान गरिए पनि त्यसविपरीत संसद् विघटनको प्रस्ताव गरिनु अत्यन्त दुःखद भएको बताए ।
यो कदम संविधानको भावनाविपरीत रहेको पनि भट्टराईले बताएका छन् । उनले भने, विगतका अस्थिरतालाई ध्यान दिँदै बीचमा नै संसद् विघटन गरेर अस्थिरता हुन नदिने प्रावधान राखेका थियौं ।
त्यसविपरीत प्रधानमन्त्री ओलीको यो प्रस्तावले त्यसको धज्जी उडाएको छ । यस्तो हर्कतको सबै ढंगबाट प्रतिवाद गर्नुपर्छ ।