ओलीको सिफारिसलाई राष्ट्रपतिले स्वीकार्न हुन्नः रामचन्द्र पौडेल

ओलीको सिफारिसलाई राष्ट्रपतिले स्वीकार्न हुन्नः रामचन्द्र पौडेल

५ पुस, काठमाडौं ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको सिफारिस संविधान र लोकतन्त्र विपरीत रहेको भन्दै राष्ट्रपतिलाई स्वीकार नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले आज बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर संसद विघटन गर्ने सिफारिस गर्नु लोकतान्त्रिक गणतन्त्रको स्थायित्वको दिशामा दुर्भाग्य भएको बताए ।

‘यो संविधान र लोकतन्त्र विपरित छ । राष्ट्रपतिले कुनैपनि हालतमा स्वीकार गर्न हुन्न,’ पौडेलले भने, देशलाई अस्थिरितातिर धकेल्ने यो कदमको म घोर भत्सर्ना गर्छु ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.