अंशबण्डाको विषयमा झगडा हुँदा एकको मृत्यु, एक जना पक्राउ

अंशबण्डाको विषयमा झगडा हुँदा एकको मृत्यु, एक जना पक्राउ

५ पौष, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका-८ कोबेकमा अंशबण्डाको बिषयमा बादबिबाद, झै(झगडा भई कुटपिट समेत हुँदा १ जनाको मृत्यु भएको छ भने हत्याको आरोपमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय कुमार लिम्बु रहेका छन् ।

शुक्रवार राती साँढे ७ बजेको समयमा कुमारको बुबा ५५ बर्षीय गणेश लिम्बु र काका किर्तिमान लिम्बु बिच अंशबण्डाको बिषयमा झै-झगडा भईरहेको अवस्थामा कुमार लिम्बुले छुट्याउने क्रममा दुबै जनालाई बाँसको भाटाले हिर्काउँदा निजको बुबा गणेश लिम्बुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि घई घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल तेह्रथुम पठाएको तथा कुमार लिम्बुलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरेहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.