संसद् विघटनमा मेरो नो कमेन्टः वामदेव गौतम

संसद् विघटनमा मेरो नो कमेन्टः वामदेव गौतम

५ पुस, काठमाडौं ।
संसद् विघटनको सरकारको कदममा आफ्नो विरोध वा समर्थन केही नभएको नेकपा उपाध्यक्ष वामदेव गौतमले बताएका छन् ।

नेता गौतमले भने, ‘संसद् विघटनको सरकारको यो कदममा न मेरो समर्थन छ, न मेरो विरोध छ । नो कमेन्ट ।’ आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिस गरेको थियो ।

सोही सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय पुगेका थिए । सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.