प्रचण्ड-नेपाल समुहका ७ मन्त्रीले दिए राजीनामा

प्रचण्ड-नेपाल समुहका ७ मन्त्रीले दिए राजीनामा

५ पुस, काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् । नेकपा अध्यक्ष दाहाल निकट रहेका पूर्वमाओवादी नेताहरू लेखराज भट्ट र रामबहादुर थापा बादललले भने राजीनामा दिएका छैनन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.