प्रचण्ड-माधव समूहको खेल: प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको थियो (पत्र सहित)

प्रचण्ड-माधव समूहको खेल: प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको थियो (पत्र सहित)

५ पुस, काठमाडौं । राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर मध्यावधि निर्वाचनमा जाने प्रस्ताव राखेका थिए । तर चार मन्त्रीले त्यसको विरोध गरेपछि उनी ‘ल ठीक छ’ भन्दै बैठक स्थलबाट बाहिरिएका थिए । त्यसको सूचना पाए लगतै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८९ सांसदले संसद सचिवालयमा प्रधानमन्त्री अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । जनार्दन शर्माको नेतृत्वमा पुगेको टोलीले अविश्वासको प्रस्ताव बिहानै दर्ता गरेको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.