निर्वाचनको तयारी सुरु, आयोगका पदाधिकारीसँग छलफल

निर्वाचनको तयारी सुरु, आयोगका पदाधिकारीसँग छलफल

५ पुष, काठमाडौं । संसद विघटन भई वैशाखका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित अन्य आयुक्तसँग मध्यावधिक निर्वाचनबारे छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल लगायत सहभागी भएका थिए । आइतबार दिउँसो वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधिक निर्वाचन गर्ने घोषणा भइसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.