निर्वाचन आयोगले भन्यो-‘एक चरणमा गरे खर्च कम हुन्छ’

निर्वाचन आयोगले भन्यो-‘एक चरणमा गरे खर्च कम हुन्छ’

५ पुष, काठमाडौं । निर्वाचन आयोगले वैशाखमा गर्ने भनिएको प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सुझाव दिएको छ ।

संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार निर्वाचन आयोगका पदाधिकारीलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । छलफलका क्रममा वैशाख १७ र २७ गते सरकारले मध्यावधि निर्वाचन गर्ने प्रस्ताव गरेको बताएपछि आयोगका पदाधिकारीले भने आर्थिक मितव्ययीता र व्यवस्थापकीय सहजताका लागि एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिए । प्रधानमन्त्रीसँगको छलफलमा प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्तहरु नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेल पनि सहभागी थिए । आयोगले सरकारले प्रस्ताव गरेको समयमा निर्वाचन सम्पन्न गर्न कठिन नहुने पनि बताएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.