५ पुष, काठमाडौं । संवैधानिक परिषदले राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस गरेका परशुराम रम्तेलले पद अस्वीकार गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै आफ्नो सहमतिविना पदमा सिफारिस गरिएको भन्दै अस्विकार गरेको घोषणा गरेका हुन् । उनले लेखेका छन् ‘मेरो सहमतिविना मेरो नाम सिफारिस गरिएको छ, सहमतिविपरीत नैतिक दृष्टिले पनि गलत तरिकाले गरिएको असंवैधानिक सिफारिसको र असंवैधानिक तरिकाले गरिएको संसद विघटनको ठाडै विरोध र अस्वीकार गर्दछु’ । गोरखाका रम्तेल पहिलो संविधानसभा सदस्य थिए ।
