मध्यावधि निर्वाचन नै अहिलेको उत्तम विकल्प होः कमल थापा

मध्यावधि निर्वाचन नै अहिलेको उत्तम विकल्प होः कमल थापा

७ पुस, विराटनगर ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मध्यावधि निर्वाचन नै अहिलेको उत्तम विकल्प भएको बताएका छन्।

मंगलबार बिहानै सामाजिक सञ्जाल ट्वीटरमा उनले आफ्नो धारणा राख्दै यस्तो बताएका हुन्। संसद विघटनको विषयमा सर्वोच्च अदालतले बताउने उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी ओली सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनमा भने समर्थन जनाएका हुन्।

संसद विघटनको वैधानिकताको परिक्षण–निरुपण–व्याख्या सर्वोच्च अदालतले गर्ने नै छ, उनले भनेका छन्, तर घोडा व्यापार र फोहरी गठबन्धन बनाएर ब्रम्हलुट–कुशासनको दोस्रो श्रृङ्खला शुरू गर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प–अवसर हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.