७ पुष, काठमाडौं । विभाजनको संघारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले बुधबारका लागि संसदीय दलको बैठक बोलाएको छ । बुधबार साढे ११ बजे वैठक बस्ने जनाइएको छ । मंगलबार बबरमहलमा बसेको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो । पार्टीको अर्काे केन्द्रीय कमिटी बैठक भने बिहीबारका लागि तोकिएको छ । संसदीय दलको वैठक भनेर बोलाइएपनि संसद भने प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै भंग गरिसकेका छन् ।