देशभर भइरहेको मतदाता नामावली सङ्कलनको काम स्थगित

देशभर भइरहेको मतदाता नामावली सङ्कलनको काम स्थगित

८ पौष, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको छ ।

आउँदो बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएकाले ७७ वटै जिल्लामा भइरहेको मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको आयोगले जनाएको छ ।

अद्यावधिक चुनावका लागि तयारी गर्नुपर्ने भएकाले तत्कालका लागि मतदाता नामावली स्थगित गर्नुपरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले अहिलेसम्म सङ्कलन भएका मतदाता नामावलीलाई अद्यावधिक गरेर मतदाताको सूचीमा समावेश गर्ने जनाएको छ । त्यसका लागि आयोगले प्रक्रिया अघि बढाउने जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.