आज सातै प्रदेशमा ओली समूहको प्रशिक्षण, कसले कहाँ सम्बोधन गर्ने ?

आज सातै प्रदेशमा ओली समूहको प्रशिक्षण, कसले कहाँ सम्बोधन गर्ने ?

८ पुस, काठमाडौं ।
नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहले आज सातै प्रदेशमा भेलाको आयोजना गरेको छ ।

आगामी २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण गर्न लागेको हो । प्रशिक्षण कार्यक्रम सन्चालनका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ ।

केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले सार्वजनिक गरेको नेताहरुको सूचीमा पूर्वमाओवादीबाट ओली समूहमा गएका टोपबहादुर रायमाझीको नाम गण्डकी र बागमती प्रदेश दुवैमा छ ।

यसैगरी मणि चन्द्र थापाको नाम लुम्बिनी र सुदूरपश्चिम प्रदेश दुवैमा छ । हिजो केन्द्रीय कमिटी विस्तार गरेको थियो । केन्द्रीय कमिटी सदस्यहरुलाई प्रशिक्षण दिन भेलाको आयोजना गरिएको बताइएको छ ।

कसले कहाँ सम्बोधन गर्ने ?

१. सुदूरपश्चिम प्रदेश– लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।
२. कर्णाली प्रदेश– शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।
३. लुम्बिनी प्रदेश– विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा ।
४. गण्डकी प्रदेश– टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल ।
५. वागमती प्रदेश– ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल ।
६. प्रदेश २ – ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो ।
७. प्रदेश १ – सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र शिवमाया तुम्वाहाङ्फे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.