ओलीलाई कारबाही गरेको पत्र लिएर निर्वाचन आयोग पुग्यो दाहाल-नेपाल समूह

ओलीलाई कारबाही गरेको पत्र लिएर निर्वाचन आयोग पुग्यो दाहाल-नेपाल समूह

८ पौष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयनको निर्णय गरेको थियो । उक्त निर्णयबारे जानकारी गराउन बुधबार नेकपा केन्द्रीय सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता मुक्ति प्रधानसहितको टोली कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

यसअघि मंगलबार केपी ओली पक्षले नेकपाको केन्द्रीय कमिटी ४४७ सदस्यीयबाट विस्तार गरेर ११९९ सदस्यीय बनाएको भनी निर्वाचन आयोगमा जानकारी गराएका थिए ।

दुवै पक्षले आआफ्नो दावीसहित आयोगमा पत्र पठाएपछि आयोगले अब नेकपाको कुन समूह बैधानिक हो भन्ने निर्णय दिनुपर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.