९ पुस, काठमाडौं ।
राजनीतिकरुपमा विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेताहरुले आफ्नो कित्ता क्लियर पार्ने क्रम जारी छ ।
यसैक्रममा सोमबार र मंगलबार ओली समूहको बैठकमा सहभागी भएका नेकपा सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–नेपाल समूहमा फर्किएका छन्। उनी आज प्रचण्ड–नेपाल समूहको बैठमा सहभागी हुँदैछन्
।
आफ्ना सर्कलका साथीहरू र जिल्लाको मनोविज्ञान पनि प्रचण्ड–नेपालतिर भएकाले भावनात्मक रूपमा पनि यतै लागेको उनले बताए। तामाङ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्।
तामाङ लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल समूहमा थिए। २०७४ को चुनावपछि उनी ओली सरकारमा कानुन मन्त्री बनेका थिए। उनकी पत्नी उषाकला राईले पनि ओली पक्षले दिएको केन्द्रीय सदस्यको जिम्मेवारी अस्वीकार गरेकी छन् ।
यसअघि प्रचण्ड–माधव समूहमा आएका स्थायी कमिटी सदस्य रघुवीर महासेठ ओली समूहमा फर्केका थिए ।