डा. खतिवडाले लिए राजदूतको सपथ

डा. खतिवडाले लिए राजदूतको सपथ

९ पुष, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गत मंगलबार डा. खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी थिइन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.