क्रिसमसका अवसरमा सेन्ट्रल बजारले ल्यायो “सुपर मेघा अफर”

क्रिसमसका अवसरमा सेन्ट्रल बजारले ल्यायो “सुपर मेघा अफर”

१० पौष, काठमाडौं । क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर विराटनगरस्थित सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागि “सुपर मेघा अफर” ल्याएको छ ।

क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा अब हरेक ग्राहकले सेन्ट्रल बजारको किराना सामानहरु (ग्रोसरीज आइटम) ९ सय ९९ रुपैयाँभन्दा माथि खरिद गरेमा १५ प्रतिशतसम्म छुट पाउनसकिनेछ ।

त्यसैगरी हरेक ग्राहकले ९ सय ९९ रुपैयाँ भन्दा माथिका इलेक्ट्रोनिक्स सामानहरुको खरिद गरेमा २० प्रतिशतसम्म छुट पाउन सकिनेछ ।

क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा ग्राहकहरुका लागि सेन्ट्रल बजारले उक्त धमाका अफर ल्याएको सेन्ट्रल बजारका म्यानेजर गिरीस राठीले बताए ।

उनले सो धमाका अफरको फाइदा उठाउन सवै ग्राहकहरुलाई आग्रह समेत गरेका छन् । “सुपर मेघा अफर” अंग्रेजी नयाँ वर्ष २०२१ अर्थात पौष १७ गतेसम्म रहने उनले बताए ।

सेन्ट्रल बजारले हरेक ठूला चाडपर्वहरुमा ग्राहकहरुका लागि छुटसहितका अफरहरु ल्याउने गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.