प्रधानमन्त्रीको आह्वानमा आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्रीको आह्वानमा आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै

१० पौष, काठमाडौं । आज शुक्रबार साँझ मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठक बेलुका ६ बजे बस्ने छ । मन्त्रिपरिषद् बैठकमा प्रतिनिधि सभा भङ्ग भएपछिको राजनीतिक घटनाक्रमबारे छलफल हुने अनुमान छ ।

यस्तै शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । प्रतिनिधि सभा भङ्ग भएपछि असन्तुष्ट जनाउँदै सात जना मन्त्रीले राजीनामा दिएका थिए ।

यसअघिको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा भङ्ग गर्दै आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको घोषणा गरेकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.