राजदूत यान्छीले भेटिन अध्यक्ष नेपाललाई

राजदूत यान्छीले भेटिन अध्यक्ष नेपाललाई

१० पुष, काठमाडौं । नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चीनका राजदूत हाउ यान्छीबीच शुक्रबार भेटवार्ता भएको छ ।

पार्टीका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले राजदूत यान्छी र अध्यक्ष नेपालबीच शिष्टाचार भेट भएको बताए । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको जनाइएको छ । दुई मुलुकबीच आपसी हितका विषयमा पनि छलफल भएको नेकपा केन्द्रीय सदस्य रिजालले बताए । यान्छीले बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी थिइन्। मंगलबार मात्रै यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी थिइन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.