ओलीले गरे मन्त्रीमण्डल हेरफेर र विस्तार

ओलीले गरे मन्त्रीमण्डल हेरफेर र विस्तार

१० पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।

प्रतिनिसभा विघटन गरेपछि प्रचण्ड–माधव समूहका ७ मन्त्रीले राजीनामा दिएका थिए । शुक्रबार मन्त्रिपरिषदमा ८ जना  मन्त्री र एक राज्यमन्त्री थप भएका छन् । थपिएका मन्त्रीहरुमा टोपबहादुर रायमाझीलाई उर्जा मन्त्रालयको जिम्मा दिइएको छ, यस्तै मणि थापालाई खानेपानी, प्रभु साहलाई शहरी विकास, प्रेम आलेलाई वन, गणेश ठगुन्नालाई सामान्य प्रशासन, गौरी शंकर चौधरीलाई श्रम, दावा लामालाई युवा तथा खेलकुद, जुली कुमारी महतोलाई महिला बालबालिका, विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्री, यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने हृदयेश त्रिपाठी दिइएको छ । यस्तै लीलानाथ श्रेष्ठलाई कानून, शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार, पद्मा अर्याललाई कृषि, कृष्ण गोपाल श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड मन्त्रीमण्डलबाट हटाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.