१० पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रीपरिषद्मा यसअघि स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने हृदयेश त्रिपाठी दिइएको छ । यसअघिका महिला बालबालिका मन्त्री रहेका लीलानाथ श्रेष्ठ कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनाइएको छ । भूमिव्यवस्था मन्त्री पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै शहरी विकास मन्त्री रहेका कृष्ण गोपाल श्रेष्ठलाई शिक्षामन्त्री बनाएको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड मन्त्री पदमुक्त गरिएको छ ।