ओली पक्षले लगाएको ताला प्रचण्ड–माधव पक्षले फोडे

ओली पक्षले लगाएको ताला प्रचण्ड–माधव पक्षले फोडे

११, पुष, चितवन । चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालयमा केपी शर्मा ओली पक्षले लगाएको ताला प्रचण्ड–माधव समूहले केही घण्टामै फोडेका छन् । भरतपुर महानगरपालिका–७ मदन आश्रित स्मृति भवनमा ओली पक्षका कार्यकर्ताले शनिबार बिहान ताला लगाएका थिए । तर, उनीहरुले लगाएको ताला प्रचण्ड–माधव समूहका कार्यकर्ताले फुटाएर कार्यालय सञ्चालन गरेको जनाएका छन् । साविक एमाले कार्यालयलाई नेकपाले जिल्ला पार्टी कार्यालय बनाउँदै आएको छ । चितवन जिल्ला कमिटीमा प्रचण्ड–माधव समूह हाबी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.