विराटनगरमा कांग्रेसको विरोध प्रदर्शन, ओलीको मतियार नबन्ने डा.शेखरको उद्घोष

विराटनगरमा कांग्रेसको विरोध प्रदर्शन, ओलीको मतियार नबन्ने डा.शेखरको उद्घोष

१३ पुस, विराटनगर ।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सोमबार देशैभर प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले सोमबार देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ ।

हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध ¥याली निस्किएका छन भने सभामा केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गरेका छन् । नेपाली राजनीतिको उर्बर भूमि विराटनगरमा पनि डा. शेखर कोइरालाको नेतृत्वमा कांग्रेसले प्रदर्शन गरेको छ ।

कांग्रेसका नेता कार्यकर्ताहरु सडक ¥यालीमा निस्किएका छन् ।प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद् विघटनबाहेक भ्रष्टाचारलाई बढावा दिएको, शुसासन कायम गर्न नसकेको, निरंकुश प्रवृत्ति हावी भएको आरोप लगाएका छन् ।

सोमबार विराटनगरमा निकालिएको ¥यालीपश्चात आयोजित विरोधसभालाई सम्बोधन गर्दै काँग्रेस नेता डा. कोइरालाले ओली सरकारले संविधानमा नभएको अधिकार प्रयोग गरेर संविधानलाई नै घाईते बनाएको बताए ।

ओलीको यो अनैतिक, गैरसंवैधानिक कदमको काँग्रेसले जहिल्यै भत्र्सना गर्ने भन्दै उनले ओली सरकारको कुनै पनि हालतमा मतियार नबन्ने ठोकुवा गरे । त्यस्तै सर्वोच्चले संसद पुनर्गठनको विपक्षमा निर्णय सुनाए बैशाखमा तोकिएको मितिमै निर्वाचन गराउँन सरकारलाई सडकबाटै खबरदारी गरिरहने पनि कोइरालाले बताए ।

विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस नेतृ प्रा.डा. डिला संग्रौलाले वर्तमान सरकारले ओम्नी, यतिलगायतका समूहसंग मिलेर संस्थागत भ्रष्टाचार गरेको आरोप लगाइन् ।

५ वर्षका लागि जनताले मत दिएर पठाएको सत्तारुढको विवादले सिंगो मुलुकलाई क्षति पुर्याएको, बहुमतको बलियो सरकार भएर पनि देशमा सुशासन कायम गर्न नसकेको, बलात्कार, हत्याहिंसा यहि सरकारको उपस्थितिमा झन बढेको आरोप उनको थियो । केपी ओली सर्वसत्ताबाद तथा अधिनायकबाद तर्फ उन्मुख भएको संग्रौलाको आरोप छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद् विघटन गरेपछि ६ गते पदाधिकारी बैठकबाट कांग्रेसले सरकारको उक्त कदम असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भएको प्रतिक्रिया दिएको थियो ।यद्यपी संसद विघटनपछि कांग्रेस पनि वैचारिक रुपले विभाजित देखिएको छ ।

औपचारिकताका लागि विरोध कार्यक्रम तय गरेपनि सभापति शेरबहादुर देउवा नै निर्वाचनको पक्षमा रहेको अर्को पक्षको आरोप छ । रामचन्द्र पौडेल पक्षको दबाबपछि मात्रै नेपाली कांग्रेस देखावटी रुपमा एक दिने विरोध प्रर्दशनमा उत्रिएको र भित्र भित्रै निर्वाचनको तयारीमा जुटेको कांग्रेसजनकै बुझाई रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.